नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा २१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।