काठमाडौं उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा १०७ जना, भक्तपुरमा ६ जना र ललितपुरमा १० जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, आज नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १४६ जना कोरोना संक्रमितको आईसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।