logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य


अंकुरण खबर
2.002K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको हो ।

नेपालमा पहिलोपटक जेठ ३ गते सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । साउन २० देखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु हुँदै आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

झन्डै नौ महिनापछि बिहीबार मन्त्रालयको विवरणमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य देखाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार २० जनाको मृत्यु भएको छ ।