logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात


अंकुरण खबर
1.586K
Shares

तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आगामी तीन दिनसम्म देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि हल्का हिमपातको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र तराईंमा हुस्सु र कुहिरो लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।