स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित काठमाडौंको न्यूरोडबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोत नखुलेको ३८ लाख ७ हजार रुपैयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई बिहीबार दिउँसो काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण बिभाग पुल्चोक पठाइने उक्त महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ ।