logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


अंकुरण खबर
2.6K
Shares

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकमा दुई वर्षअघि तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको पार्टी एकताको कामलाई टुंग्याउने जनाइएको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग पार्टी एकता भएको लामो समय बितिसक्दा पनि दुई पार्टीबीच समायोजनको काम टुंगिएको थिएन ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको पार्टी समायोजन समितिले लोकतान्त्रिक फोरमसँगको एकताको कामलाई अन्तिम रुप दिएपछि आज बस्ने केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गर्ने जनाइएको छ ।

यस्तै विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको समयायोजनबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।