logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आयोगसँग दल दर्ता र निर्वाचनको तयारीबारे मात्रै छलफल भयो : नेम्वाङ


अंकुरण खबर
819
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले निर्वाचन आयोगसँग आज दल दर्ता र निर्वाचनको तयारी सन्दर्भमा छलफल गरेको छ ।

निर्वाचन आयोगसँगको छलफलपछि ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगसँग दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा मात्र छलफल भएको बताए  । उनले भने, ‘आज दल दर्ता र निर्वाचनको तयारीसम्बन्धी मात्रै छलफल भयो ।’

नेम्वाङले तोकिएकै समयमा निर्वाचन हुने बताए । उनले भने,  ‘यो सन्दर्भमा निर्वाचन आयोगलगायत हामी सबै निर्वाचनमा लाग्नुबाहेक अरु विकल्प छैन । समयमै निर्वाचन गर्छौ । दल दर्तासम्बन्धी प्रक्रियामा सहभागी हुन्छौँ ।’

निर्वाचन आयोगले बिहीबार नेकपाका दुवै समूहलाई पत्रचार गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार बिहान ११ बजे बोलाएको थियो । तर, दाहाल–नेपाल समूहले छलफल केही दिन पछि गर्न निर्वाचन आयोगसँग आग्रह गरेर छलफलमा सहभागी भएन ।