नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार देशभर तीन हजार २२१ जनामा पीसीआर परीक्षण गर्दा थप १५७ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार २५ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये १४७ जनाको आइसियू र २७ जनाको भेन्टिलेरमा उपचार भइरहेको छ ।