logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि छैन् : झलनाथ खनाल


अंकुरण खबर
2.717K
Shares

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहालनेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको बताएका छन्

दाहालनेपाल पक्षले शुक्रबार विराटनगरमा संसद विघटनविरुद्ध आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्

पार्टी फुटाउनका  लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भएपनि ओलीसँग त्यो संख्या नै नभएको खनालले बताए ४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने नेता खनालको भनाइ छ।

उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो अब माओवादी पनि इतिहास भइसक्यो। प्रचण्ड अब माओवादीका नेता होइनन् आजको यथार्थ नेकपा हो ओली समूह गाउँगाउँ पुगेर  नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताए