logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सल्यानमा जीप दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते


अंकुरण खबर
1.079K
Shares

काठमाडौं – कपुरकोट गाउँपालिका चारमा तरकारी बोकेको जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गएराती किपुचौरबाट कपुरकोट हाटबजारको लागि तरकारी बोकेर जादै गरेका लु १ च ४१५३ नम्बरको पिकअप जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृत्यु हुनेमा कपुरकोट गाउपालिका–चार किमुचौर कि ६७ वर्षिय कर्मी पुन रहेका छन । उनको उपचारको क्रममा तुलसीपुर अञ्चल अस्पतालमा मृत्यू भएको जनाईएको छ । घाइतेहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जीप चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।