logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दै


अंकुरण खबर
715
Shares

पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपाले आज केन्द्रीय समितिको बैठक बोलाएको छ ।

समसामयिक विषयमा छलफलका लागि नेकपाले बबरमहलस्थित एक पार्टी प्यालेसमा बैठक बोलाएको हो ।

बैठकमा पार्टी आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा गरिएको दाबी, संगठनसम्बन्धी विषय र जारी आन्दोलनबारे हुने नेताहरुले बताएका छन् ।

पार्टी विभाजनपछि यसअघि पुस ७ र ९ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । सो बैठकले केपी शर्मा ओलीलाई आफ्नो पार्टीको अध्यक्षबाट हटाएर रिक्त स्थानमा माधव नेपाललाई नियुक्त गरेको थियो ।

तर निर्वाचन आयोगले यो वैधानिक नभएको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूह निरन्तर आन्दोलनमा रहेको छ । यो समूहले माघ २८ गते काठमाडौंमा जनप्रदर्शनको पनि तयारी गरेको छ ।