सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्का नियुक्तिहरु फिर्ता गरेकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन् ।
मबार पत्रकार सम्मेलन गर्दै उनले सापकोटाको पत्रबाट द्विसदनात्मक संसदीय व्यवस्था र राष्ट्रिय सभाको गरिमामा प्रहार भएको बताएका छन्।
सभामुख सापकोटाले सुनुवाइसम्बन्धी सक्कलै पत्र फिर्ता गरी उनले सभामुखमा निहित अधिकार प्रयोग गरी त्यसो गरिएको हिजो आइतबार जानकारी गराएका थिए।
प्रतिनिधि सभाका सभामुखले पत्रहरु फिर्ता गर्नुका साथै त्यसमा प्रयुक्त व्यहोराबारे आफ्नो ध्यानाकर्षण भएको तिमिल्सिनाले बताएका छन् ।
नेपालको संविधान र संघीय संसदको बैठक तथा संयुक्त समिति कार्यसंचालन नियमावली २०७५ ले संसदीय सुनुवाइ समिति गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको भन्दै तिमिल्सिनाले दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरु सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित नरहेको बताएका छन् ।
यस्तो छ अध्यक्ष तिमल्सिनाले जारी गरेको विज्ञप्ति:
