logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भारतले नेपाललाई दिने वार्षिक अनुदान बढ्यो


अंकुरण खबर
1.677K
Shares

भारतले नेपाललाई दिन वार्षिक अनुदान रकममा केही वृद्धि गरेको छ ।

आर्थिक वर्ष २०२१/२२ का लागि भारतले नेपाललाई दिने वार्षिक अनुदान रकममा १ अर्ब १२ करोड भारतीय रुपैयाँ वृद्धि गरेको हो । यो आर्थिक वर्ष (२०२०/२१)को बजेटमा भने नेपाललाई दिने वार्षिक अनुदानमा भारी कटौती गरेको थियो ।

आगामी आर्थिक वर्ष २०२१/२०२२ का लागि सोमबार वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको केन्द्रीय बजेटमा नेपाललाई ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) दिने भनिएको छ । यो आर्थिक वर्षको बजेटमा भारतले नेपाललाई दिने वार्षिक बजेटमा भारी कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो ।

आर्थिक वर्ष २०१९/२० मा भारतले नेपाललाई दिने वार्षिक अनुदान ११ अर्ब ९८ करोड रुपैयाँ थियो ।

भारतले नेपाल र अन्य विभिन्न मुलुकलाई ऋण र आर्थिक अनुदान दिने गर्छ । आगामी आर्थिक वर्ष २०२१/०२२ को बजेटमा भारतले सबैभन्दा बढी भुटानलाई ३० अर्ब ४ करोड भारु अनुदान दिने आफ्नो बजेटमा उल्लेख गरेको छ ।

भारतबाट भुटानपछि नेपालले ९ अर्ब ९२ करोड, म्यान्मारले ४ अर्ब, अफगानिस्तानले ३ अर्ब ५० करोड, माल्दिभ्सले अर्ब ५० करोड, बंगलादेशले २ अर्ब र श्रीलंकाले २ अर्ब भारु अनुदान पाउनेछन् ।

भारतमा नयाँ आर्थिक वर्ष हरेक वर्षको अप्रिल १ देखि शुरु हुन्छ । पहिलो ‘पेपरलेस’ भनिएको आगामी आर्थिक वर्षको बजेटमा भारतले स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।