काठमाडौं – ए.सि.एल् (ACL) अर्थात Anterior Cruciate Ligament घुँडाको एउटा प्रमुख लिगामेन्ट हो । ए. सि. एल् घुँडाको विचमा छड्के परेर फिमर र टिबियामा जोडिएको हुन्छ जसले टिवियालाइ फिमरभन्दा अगाडी जानबाट रोक्दछ ।
घुँडाको लिगामेन्टहरुमा ए.सि.एल्. प्राय जसो बढी चोट लाग्ने लिगामेन्ट हो । यो समस्या सामान्यतया खेलकुद् क्रियाकलापहरुमा भाग लिने मान्छेहरुमा धेरै देखिन्छ।
आधाभन्दा बढी ए.सि.एल्. चोट हरु मेनिस्कस्, आर्टिकुलर कार्टिलेज वा अरु लिगामेन्टको ड्यामेज सँगै हुने गर्दछ।
लक्षणहरु यस्ता हुन्छन् :
चोट लागेको केहि घण्टामा घुँडा धेरै सुन्निने, दुख्ने, चलाउन नसक्ने, जोर्निको लाइन् मा थिच्दा दुख्ने र हिड्न नसक्ने सम्मस्या देखा पर्दछ साथै घुँडाको सन्तुलन नमिलेको अनुभव हुन्छ।
यदि ए सि एल् च्यातिएमा चिकित्सकले जाँच गर्दा अर्को नर्मल खुट्टाको दाँजोमा चोट लागेको खुट्टाको टिविया अगाडी आएको भेटिन्छ। चिकित्सकले एक्स रे गराउन सक्दछ जसले हड्डी मा भएको समस्या पत्ता लगाउन सकिन्छ साथै एम आर् आइ को सल्लाह दिइन्छ जसबाट लिगामेन्ट, मेनिस्कस र आर्टिकुलर कार्टिलेजको अवस्था थाहा हुन्छ।
कुनै पनी ए सि एल् को चोट शल्यक्रिया विनाको उपचारमा प्राक्रितिक रुपले के हुन सक्छ भन्ने कुरा बिरामीको दैनिक क्रियाकलाप र चोटको प्रकारमा निर्भर हुन्छ।
थोरै मात्र च्यातिएको ए सि एल ३ महिनाभित्रको पुनर्स्थापना र रिकभरि समयमा राम्रो हुनजान्छ तर केहि बिरामीहरुमा थोरै च्यातिएपनी घुँडाको सन्तुलन बिग्रिने समस्या हुन्छ।
ए सि एल् पुरा च्यातिएको बिरामीहरुमा शल्यक्रिया बिनाको उपचारबाट खासै फाइदा हुँदैन। ए सि एल् पुरा च्यातिएपछि बिरामिले दैनिक क्रियाकलाप गर्न सक्दैन र खेलखुद् मा भाग लिन सक्ने विरामीहरु नगन्य मात्रामा हुन्छन्। यसमा चोटको गम्भिरता र बिरामिलाइ आवाश्यक पर्ने शारिरिक क्रियाकलापले पनी असर पार्दछ।
आधाभन्दा बढी ए.सि.एल्. चोट हरु मेनिस्कस्, आर्टिकुलर कार्टिलेज वा अरु लिगामेन्टको ड्यामेज सँगै हुने गर्दछ। ए सि एल् को चोटले पटक पटक घुँडामा सन्तुलन बिग्रिएमा सेकेन्डरी ड्यामेज हुनसक्छ। लामो समयसम्मको ए सि एल् को चोटले प्राय मेनिस्कस र आर्टिकुलर कार्टिलेजमा पनि असर गर्दछ।
शल्यक्रिया बिनाको उपचार:
नियमित फिजियोथेरापीले बिरामीको घूँडामा सुधार हुन्छ जसमा हिन्ज ब्रेसको प्रयोग गर्न पनि सकिन्छ। प्राय शल्यक्रिया बिनाको उपचारमा पटक पटक घुँडाको सन्तुलन बिग्रियर सेकेन्डरी ड्यामेज हुने सम्भावना हुन्छ।
ए सि एल् सँगै जोर्निको अरु वनावटमा पनि चोट छ भने चिकित्सकले बिरामिलाइ शल्यक्रियाको सुझाव दिन्छ।
निम्न अवस्थामा शल्यक्रियाविना उपचार गर्न सकिन्छ।
शल्यक्रिया:
कडा शारिरिक क्रियाकलापमा भाग लिने वयस्क विरामीहरुको लागि शल्यक्रियाको आवश्यक हुन्छ। यदि चोटको किसिमअनुसार शल्यक्रिया आवाश्यक भएमा उमेर्, आवस्यक शारिरिक क्रियाकलाप हरुले असर गर्दैन।
बच्चा तथा किशोरावस्थाको बिरामिहरुमा शल्यक्रिया गर्दा ग्रोथप्लेटमा समस्या हुन सक्ने भएकोले चिकित्सकले स्केलेटल प्रणालिको राम्रो सँग विकास् नहुन्जेल कुर्न सक्छ वा विशेस् सावधानी अपनाएर उपचार गर्न सकिन्छ।
ए सि एल् को चोट सँगै घुँडाको सन्तुलन बिग्रिएको बिरामिहरुमा सेकेन्डरी ड्यमेज हुने सम्भावना भएकोले चाँडो शल्यक्रिया गर्न आवश्यक हुन्छ।
प्राय ए सि एल् मा चोट लागेको फुटवल खेलाडीहरुमा मेनिस्कस, आर्टिकुलर कार्टिलेज र अरु लिगामेन्टमा नि समस्या हुन्छ। यस्तो चोटमा शल्यक्रियाको अनिवार्य आवश्यक हुन्छ र शल्यक्रियाले राम्रो फाइदा हुन्छ। आधाभन्दा वढी मेनिस्कस को चोटहरु सिलाएर उपचार गर्न मिल्छ र ए सि एल् को रिकन्स्ट्रक्सन् सँगै सिलाउदा यसको नतिजा राम्रो हुन्छ।
शल्यक्रिया विधी:
शल्यक्रिया पुर्व घुँडा सुन्निएको र राम्रो सँग चलाउन नसक्ने बिरामिहरुमा शल्यक्रियापछि पनि समस्या हुने भएकोले शल्यक्रिया गर्नुभन्दा पहिले बिरामिले फिजियोथेरापी व्यायम गर्न पठाइन्छ। घुँडाको पुरा चाल आउन सामान्यतया चोट लागेको ३ हप्ता देखि केहि लामो समयसम्म लाग्न सक्दछ।
बिरामिलाइ एनेस्थेसिया दिइसकेपछि बिरामिको घुँडाको जाँच गरि ए सि एल् च्यातिएको भेरिफाइ गरेर शल्यक्रियाको सुरु गरिन्छ।
यदि शारिरीक जाँचले ए सि एल् च्यातिएको मा निश्चित भएमा छनौट गरिएको टेन्डन अटोग्राफ्ट झिकिन्छ र बिरामिको आवश्यक अनुसारको साइज् मा तयार पारिन्छ।
ग्राफ्ट तयार भैसकेपछि चिकित्सकले आर्थोस्कोप नामको सानो क्यामेरा सानो प्वाल पारेर घुँडाँभित्र छिराउदछ र मेनिस्कस तथा आर्टिकुलर कार्टिलेजको अवस्था जाँच्दछ र सिलाउन पर्ने भए सिलाउछ र ड्यामेज भएको भागलाइ काटेर बाहिर निकालिन्छ। ग्राफ्टलाई फिमर र टिवियामा टनेल बनाएर फिक्स् गरिन्छ।
पुनर्स्थापना :
शल्यक्रिया पछिको राम्रो नतिजामा फिजियोथेरापी को महत्वपुर्ण भुमिका हुन्छ।
शल्यक्रियापछिको १० – १४ दिनसम्म घाउ सफा राख्ने र घुँडा तन्काउने तथा क्वाड्रिसेप बलियो बनाउने व्यायाम गर्नुपर्दछ।
नियमित रुपमा आइस प्यकिङ गर्नाले घुँडाको सुन्नाइ र दुखाइ कम हुने गर्दछ। कुन समय बाट खुट्टा टेक्ने भनेर चिकित्सकले तपाँइलाइ सल्लाह दिन्छ।
बिरामिको दुखाइ पुर्ण रुपमा हराइसकेपछि र घुँडाको चाल पुर्ण रुपमा आइसकेपछि चिकित्सकको सल्लाह अनुसार बिरामि दैनिक क्रियाकलापमा फर्कन सक्छ। सामान्यतया ९ महिनामा बिरामी पुर्ण रुपमा शारिरिक क्रियाकलापमा फर्किन सक्छ।
लेखक डा. श्रेष्ठ शुभेक्षा अन्तर्राष्ट्रिय अस्पताल सितापाइलामा कार्यरत छन् ।