logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आम हडतालको तयारीमा प्रचण्ड-माधव समूह


अंकुरण खबर
1.612K
Shares

नेकपाको प्रचण्ड-नेपाल समूहले आमहड्ताल गर्ने तयारी गरेको छ ।

भोलि ‘बिहीबार’ प्रचण्ड-नेपाल समूहले देशव्यापी रुपमा आमहड्ताल गर्ने तयारी गरेको हो ।

संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा आमहड्ताल गर्ने निर्णय भएको नेता विष्णु रिजालले जानकारी दिए ।

उनले भने, ‘सरकारले अवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति गरेको विरोधमा बिहीबार आम हड्ताल गर्ने निर्णय भएको छ । यसबारे दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछौँ ।’

आम हड्तालमा बजार, यातायात, उद्योग, कलकारखाना, कार्यालय सबै बन्द रहने बताइएको छ ।

ओली नेतृत्वको नेकपाले शुक्रबार बृहत आमसभा गर्ने अघिल्लो दिन प्रचण्ड-नेपाल समूहले नेपाल बन्दको घोषणा गरेको हो ।