logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिबन्धित भारतीय नोटसहित झापाका एक युवक पक्राउ


अंकुरण खबर
897
Shares

मोरङ प्रहरीले प्रतिबन्धित भारतीय ५ सय रुपैयाँका नोटसहित एक नेपाली युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतीय ५ सय रुपैयाँका २ सय ८ थान गरि कुल १ लाख ४ हजार रुपैयाँसहित झापाका युवक पक्राउ परेका हुन्।

प्रतिबन्धित नोटसहित झापा दमक ९ पाडाजुंगीका ३१ वर्षीय अजय बलकोटीलाई भारतको सीमाक्षेत्रबाट बुधबार बिहान पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

भारतबाट नेपाल आउँदै गर्दा जाँचका क्रममा बलकोटीलाई पक्राउ गरिएको प्रवक्ता राईले जानकारी दिए ।

पक्राउ परेको बलकोटीलाई आवश्यक कारबाहीका लागि प्रतिबन्धित रुपैयाँसहित विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।