logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ओलीको समर्थनमा काठमाडौंमा मोटरसाइकल र्‍याली


अंकुरण खबर
1.807K
Shares

नेकपाको केपी ओली समूहले काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ ।

बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप ¥याली निकालिएको हो ।

अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा ललितपुरको बालकुमारीबाट निकालेको ¥याली सातदोबाटो लगनखेल जावलाखेल पुल्चोक त्रिपुरेश्व दरबारमार्ग कमलपोखरी गौशाला हुँदै तीनकुने पुगेर सभामा परिणत भएको छ ।

ओली समूहले माघ २३ गते दरबारमार्गमा सभा गर्दैछ । सभा तयारीका लागि नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तयारी समिति बनाइएको छ ।