हिँउदे सिजनमा हिमाल आरोहणका लागि १० आरोहण दलले अनुमति लिएको छ ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म १० दलका ४५ जना सदस्यले आरोहणको अनुमति लिएका हुन् । विभागका अनुसार ४५ आरोहीमध्ये ७ जना महिला रहेका छन् ।
विभागका अनुसार ८ हजार मिटर माथिको मनास्लु आरोहण गर्न दुई दलले अनुमति लिएका छन् । मनास्लुका लागि दुई आरोहण दलका १४ सदस्यले अनुमति लिएका हुन् ।
लुजा पीक (५७२६ मि.)चढ्न एक टोलीका तीन सदस्यले अनुमति लिएका छन् ।
यस सिजनमा जारी भएका अनुमतिबाट सरकारले ८ लाख ९६ हजार ५ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।
कोरोना भाइरसको महामारीपछि क्रमशः पर्यटन क्षेत्र उठ्ने क्रममा रहेको छ ।