logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दालमोठ, चिउरा र पानी राखेर पुल्चोकको सडकमा बसे प्रचण्ड


अंकुरण खबर
1.079K
Shares

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले आयोजना गरेको आमहडताल सफल बनाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल आफैँ सडकमा उत्रिएका छन् ।

खुमलटारबाट निस्किएर प्रचण्डले सातदोबाटो, कोटेश्वर हुँदै पुल्चोकको सडकमा बसेका छन् । हडतालका लागि सडकमा आएका कार्यकर्तालाई चाउचाउ, चिउरा र पानीको व्यवस्था गरिएको छ ।

प्रचण्डले हडताल आफूहरूको रहर नभई ओली सरकारले ७० वर्षको संघर्षबाट प्राप्त संविधान, लोकतन्त्र र गणतन्त्र नै खोसिने खतरा बढेकाले बाध्य भएर गर्नुपरेको प्रचण्डले बताएका छन् ।

प्रचण्ड आफैँ सडकमा आएर हडतालको नेतृत्व गरिरहेका छन् । उनीसँगै पुल्चोकको हडतालमा पम्फा भुषाल, विष्णु रिजाललगायतका नेताहरु सहभागी भएका छन् ।