प्रतिनिधिसभा विघटन र संवैधनिक आयोगमा नियुक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहले आज देशभर आम हड्ताल गरेको छ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नेता तथा कार्यकर्ता आमहड्ताल सफल बनाउन सडकमा ओर्लिएका छन् । सडकमा आन्दोलनरत् बन्दकर्ताहरुले कतिपय ठाउँमा चिउरा र दालमोठ बाँडिएको छ भने कतिपय ठाउँमा दाल–भात नै पकाइएको छ।
यता, कोटेश्वरमा भने प्रदर्शनकारी सडकको बिचमा नै खाना बनाउँदैछन् । कोही भात बनाउने तयारीमा देखिन्छन् त कोही तरकारी बनाउने तयारीमा रहेका छन् ।
बन्दकर्ताहरुले बिच सडकमा नै खाना बनाउन थालेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारी बिच केही समय घम्साघम्सी नै परेको थियो ।
प्रहरीले यो समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय संघर्ष समितिका सचिव विजय पौडेलसहित देशभरबाट १२२ जना नेतारकार्यकर्तालाई नियन्त्रणमा लिएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट मात्र ७६ जना पक्राउ परेका प्रहरी प्रवक्ता वसन्त कुँवरले बताएका छन्।