logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले आव्हान गरेको आमहड्तालमा १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड


अंकुरण खबर
2.405K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित गरेको छ ।

उपत्यकासहित देशभर सिमित मात्रामा सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्ने १ सय ५७ जना जनालार्ई पक्राउ गरीएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै ८० जना अवरोध गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रवक्ता कुँबरले जानकारी दिए ।

राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको सामाखुशीमा ट्याक्सीमा आगजनी भएको उनले बताए ।

देशका विभिन्न ठाउँमा एक सरकारी गाडी सहित १४ वटा गाडीमा ढुङगा प्रहारबाट क्षति भएका अहिलेसम्म जानकारी आएको उनले जानकारी दिए ।

उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताए ।

संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।