logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीद्वारा सकुशल उद्धार


अंकुरण खबर
988
Shares

सिरहा सदरमुकामबाट दुई दिनअघि अपहरणमा परेका दुई वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

बिहीबार राति प्रहरीले दुई वर्षीय बालक प्रियन्सु यादवलाई भारतबाट सकुशल उद्धार गरेको हो ।

अपहरणमुक्त हुनेमा सिरहा नगरपालिका १ रामजानकी चौकमा घर रहेका प्रदीप यादवको २ वर्षिय छोरा इशान्त भन्ने प्रियान्सु यादव रहेका छन । बालकलाई नेपाल-भारत सिमापारिबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बालकलाई नेपालबाट करिब सात किलोमिटर टाढा भारतको खारजेडी ठाउँमा राखिएको थियो । बालकलाई अपहरणमुक्त गरिए पनि अपहरणकारी भने समातिएका छैनन् ।

बालकलाई के कारण अपहरण गरिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ आफ्नै घरको आगनमा खेल्दै गरेको २ वर्षिय बालकलाई डुलाउने भनेर अपहरणकारीले अपहरण गरेको थियो । उनका बुवा प्रदीप वैदेशिक रोजगारीमा छन् ।