logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब हप्तौं हड्ताल हुनसक्छ : प्रचण्ड


अंकुरण खबर
1.391K
Shares

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको विवादबारे स्वेतपत्र जारी गर्न लागेको बताएका छन्।

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताए ।

देशमा प्रतिगमन भएको र त्यसको बिरोधमा सबै एक जुट हुनुपर्ने प्रचण्डको भनाइ छ । ‘यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्, प्रचण्डले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्‍यालीजस्तै भएको बताए । ‘०४६ सालको आसपासमा लाखौं सडकमा आएर समेत पञ्च र्‍याली भएका थिए । त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं,’ उनले भने ।

उनले ओलीको त्यही कदमको विरोधको प्रतिवादस्वरूप हिजोको आमहड्ताल आवश्यक भएको बताए । केही समयपछि जनताहरू आएर हप्तौं हड्ताल हुनसक्ने प्रचण्डको भनाइ छ ।

‘हामी सधैँ बन्द हडताल गर्ने होइन । हिजो नागरिकलाई परेको समस्यामा हामी दु:खी छौं । अब जनता आएर हप्तौं हड्ताल हुनसक्छ। तर हामी अहिले नै हड्ताल हुन्छ भन्दैनौं । हिजोको हड्ताल जरूरी थियो,’ उनले भने।