logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

संवैधानिक निकायहरूमा भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट दायर


अंकुरण खबर
949
Shares

संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नी सापकोटाले सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

संसदीय सुनुवाइ विना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सापकोटासहितका सांसदहरु सर्वोच्च अदालतमा पुगेर नियुक्ति बदरको निवेदन दिएका हुन् ।

सापकोटाले दायर गरेको रिटको पेशी आइतवारका लागि तोकिएको छ । रिटमा बुधवार सपथ ग्रहण गरेका संवैधानिक निकायका ३२ जना प्रमुख र सदस्यलाई विपक्षी बनाइएको छ ।

निवेदनमा नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने माग पनि गरिएको छ । निवेदनमा सापकोटाले संवैधानिक परिषद्को पुस पाँच गतेको निर्णय बदर गर्न माग गरेका छन् । निवेदनमा सो निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्ति पनि बदर गर्न माग गरिएको छ ।

निवेदन दर्ता गर्न सभामुखसहित नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पुगेका थिए ।

संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शपथ गराइएको थियो ।