logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहको आमहड्तालका दिन जलाइएको ट्याक्सीका मजदुरलाई सरकारले क्षतिपूर्ति दिने


अंकुरण खबर
689
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आह्वान गरेको आमहड्तालका दिन जलाइएको सम्पूणर् क्षतिपूर्ति सरकारले गर्ने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले आमहड्तालका दिन एउटा मजदुरको ट्याक्सी जलाइएको भन्दै ट्याक्सी जलाइएका मजदुरलाई सरकारले क्षतिपूर्ति दिने बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित नेकपा ओली समूहको आमसभामा बोल्दै पोखरेलले जनतालाई दुःख दिने गरी भएको बन्धको विरोध गर्दै पीडामा पुगेका मजदुरलाई सरकारले क्षतिपूर्ति दिने बताएका हुन् ।

यस्तै, बन्द हड्तालका क्रममा भएका अरु क्षतिमा पनि सरकारले क्षतिपूर्ति दिने उनले बताए ।