logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नापी कार्यालय सप्तरीका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुससहित पक्राउ


अंकुरण खबर
1.573K
Shares

नापी कर्यालय सप्तरीका निमित्त प्रमुख र एक जना लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्।

जिल्लाको कञ्चनरूप नगरपालिका वडा नं. ४ मा रहेको नापी कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव १५ हजार घुससहित पक्राउ परेको अख्यिार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ।

निमित्त प्रमुख ठाकुरले जग्गाको कित्ताकाट गरी दिने भनि लेखापढी व्यवसायी यादवमार्फत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाको आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटेको टोलीले दुबै जनालाई घुस लिइसकेको अवस्थामा नापी कार्यालयको छेउमै रहेको चिया पसलबाट पक्राउ गरेको हो।