logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सवारी लाइसेन्सको समयअवधि परिवर्तन (सुचना सहित)


अंकुरण खबर
936
Shares

लिखित परीक्षा पास भएकाले सवारी साधनको लाइसेन्सका लागि अब १८ महिनासम्म ट्रायल परीक्षा दिन पाउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले आइतबार लिखित परीक्षा पास भएको ९० दिनभित्र मात्र तीनपटक रि–ट्रायल परीक्षामा समावेश हुन पाउने समयअवधि परिवर्तन गरेको हो । एक सूचना मार्फत विभागले सो जानकारी गराएको छ ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) पास भएको एक वर्षभित्र राजश्व तिर्नुपर्ने, राजश्व बुझाई लिखित वा प्रयोगात्मक परीक्षामा समावेश हुन पाउने र ९० दिनभित्र तीन पटकसम्म रि–ट्रायल परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेकोमा हाललाई सो व्यवस्थाको समयावधि १८ महिना कायम हुने गरी यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको छ’।