logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजार ३७.४८ अंकले बढ्यो


अंकुरण खबर
1.092K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबारेदेखि नै उछाल आइरहेको छ ।

आज नेप्से ३७.४८ अंकले बढेर दुई हजार पाँच सय ६१ दशमलब ४७ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहिबेरमै नेप्से दुई हजार पाँच सय ६३ दशमलब ३० विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो ।

यसअघि २०७७ माघ २५ गते आइतबार नेप्से दुई हजार पाँच सय २४ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यस्तै, आज नेप्सेमा १० अर्ब ६१ करोडको कारोबार भएको छ भने कारोबार भएका १२ समूह मध्ये ५ समूह घटेका छन् अन्य ७ समूह बढेका छन् ।