logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ : गृहमन्त्री थापा


अंकुरण खबर
793
Shares

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न छिट्टै पक्राउ पर्ने बताएका छन् ।

आज विहान पुल्चोकस्थित मन्त्री निवासमा प्रतिपक्षी दल नेपाली कांग्रेस आबद्ध नेपाल विद्यार्थी संघ ‘नेबिसंघ’को ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हातपर्ने बताएका हुन् ।

उनले भागरथी हत्याको घटना निर्मला पन्तको घटना जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने विश्वास समेत व्यक्त गरेका छन् । अनुसन्धान टोली र प्रहरी प्रशासन पूर्णरुपमा बैतडीमा केन्द्रित रहेको गृहमन्त्री थापाको भनाइ छ ।

नेबिसंघले अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराएको हो । उसले घटनाका आरोपी पक्राउ नपरे कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।

बैतडीको दोगडाकेदारकी १७ वर्षीया भट्टको शव बिहीबार स्थानीय सामुदायिक वनमा हत्या गरिएको अवस्थामा फेला परेको थियो । पोस्टमार्टम रिपोर्टमा भट्टको बलात्कारपछि हत्या भएको देखिएको छ ।

No description available.