logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि


अंकुरण खबर
728
Shares

नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ पुगेको छ ।

मंगलबार चाँदीको मूल्य एकैदिन तोलामा २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।