logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता


अंकुरण खबर
2.847K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार दिउँसो भेट भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली निर्वाचन आयोगको कार्यालयबाट शितल निवास गएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले आजै कान्तिपथमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएका थिए ।