logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिउँसो काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने, यी ठाउँबाट निस्कनेछन् र्‍याली


अंकुरण खबर
2.73K
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण आज दिउँसो काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो । चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन, इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भएकाले यो क्षेत्रको बाटो प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । ​