logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मौसम अझै खुलेन, मनसुन अझै सक्रिय


अंकुरण खबर
1.261K
Shares

काठमाडौं – देशभरको मौसम अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

आइतबार दिनभर देशभरि केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् ।  यस्तै राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुनेछ । मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

हाल मनसुनी न्यून चापीय रेखा औसतबाट केही उत्तर तिर सकेको छ । यस्तै भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापिय प्रणाली रहेको छ । यस्तै भारतको उत्तर प्रदेशमा अर्को न्यून चापिय प्रणाली विकास भएकाले मौसम बदली भएको हो ।

अरब सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुको प्भावले मनसुनी गतिविधि सक्रिय भएको मौसमविदले बताएका छन् ।