logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से सामान्य अंकले सुधार


अंकुरण खबर
1.287K
Shares

बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सामान्य अंकले सुधार देखिएको छ ।

बुधबार नेप्से ८.६६ अंकले सुधार देखिएको हो भने ७ अर्बभन्दा बढीको कारोबार भएको छ ।

आज वाणिज्य बैंकमा शेयर लगानीकर्ताको आकर्षण देखिएको छ । जसमा ग्लोबल आइएमई, नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) र प्रभु बैंकका लगानीकर्ताले बढी कमाएका छन् । बुधबार एनसीसी बैंकको ८ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आइएमइ बैंकको ११ लाखभन्दा बढीको कारोबार भएको भने प्रभु बैंकको ९ लाखभन्दा बढी शेयर खरिद  विक्री भएको छ । आज बैंकिङ समूह २६.६१ अंक, विकास बैंक, होटल समूह, फाइनान्स समूह ३८.१२ अंक जीवन बीमा ६२.१५ अंकले वृद्धि भएको छ ।