logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधानलाई घात गर्ने चुनाब हामीलाई चाहिएको छैन : नारायणकाजी


अंकुरण खबर
1.3K
Shares

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु संविधान अन्तर्गतको चुनावको पक्षमा भएको बताएका छन्।

प्रतिनिधि सभा विघटनका विरुद्ध बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सबै लोकतन्त्रवादी चुनावको पक्षमा भए पनि संविधानलाई घात गर्ने, संविधानविरोधी चुनाव भने नचाहिएको बताए।

उनले ओली समूहले चुनावमा भाग लिनु ठूलो लोकतन्त्र भएको बताएको भन्दै उनले ओलीले नगर्ने चुनाव घोषणा गरेको बताए।

‘चुनावको पक्षमा हामी छौँ, सारा लोकतन्त्रवादीहरु छन्’, उनले भने, तर कुन चुनाव ? संविधान अन्तर्गतको चुनाव, संविधानलाई लागू गर्ने कि ध्वस्त गर्न ?, घात गर्ने चुनाव ? उनले संविधानलाई घात गर्न चुनाव हामीलाई चाहिएको छैन।’