logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पाप गर्ने ओलीलाई पशुपतिले पनि माफ गर्दैनन् : माधवकुमार नेपाल


अंकुरण खबर
1.014K
Shares

नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पशुपतिनाथले पनि माफ नगर्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटनका विरुद्ध बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

‘केपी ओली तपाइँले मदन भण्डारीको नाम जप्न बिर्सिसक्नु भएको छ । अब पशुपतिको मन्त्र जप्न थाल्नु भएको छ,’ उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् चेतना भया । पशुपतिनाथले पनि भन्लान् केपी ओलीलाई धिक्कार छ । उनको पाप कसैले पनि धोई पखाल्न गर्न सक्दैन ।’

उनले नेपाली जनताको भावना ओलीले बुझ्न नसकेको पनि आरोप लगाए । ‘बलत्कारको घटना घटिरहेको छ । ओलीलाई यसले कत्तिपनि संवेदनशिलताले छुन सकेन,’ उनले भने, ‘तिमि जस्ता मान्छेलाई नेपाली आमाले जन्माइन्, जुन पार्टीले प्रधानमन्त्री बनायो त्यही पार्टी ध्वस्त बनाउँदै छौँ। सरकारी साधन खर्च गर्दा पनि सिंगै ओली समूह निराश भएको छ । त्यसैले धम्कीमा, छलफलमा हैन, आदेशमा विश्वास हुन थालेको छ । जनमतमा विश्वास हुन्थ्यो भने संसद विघटन किन हुन्थ्यो ?’