logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीका खुट्टी हेरेरै थाहा भयो, अर्को चुनावमा जमानत जफत हुन्छ : झलनाथ खनाल


अंकुरण खबर
2.535K
Shares

नेकपा दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूहको अर्को चुनावमा जमानत जफत हुने बताएका छन् ।

प्रचण्ड समूहद्वारा भृकुटी मण्डपमा जारी प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

भँगेराका साना खुट्टाले बाँस नुहाएको कथा सुनाउँदै उनले ओलीले लगाएको दुईतिहाइ बहुमतको गफको कुनै अर्थ नरहेको उनले बताए । ‘मिस्टर केपी ओली तपाईंका खुट्टी हेर्दै पत्याएँ, अब तपाईंले दुईतिहाइ होइन, तपाईंको जमानत जफत हुनेछु, उनले भने , अब दुई वर्षपछिको चुनावमा देशभरका १६५ सिटहरुमै जमानत जफत हुँदैछ केपी ओलीको ।’

उनले अहिलेको आन्दोलन प्रचण्ड र माधवलाई प्रधानमन्त्री बनाउन नगरिएको बताए । ‘केपी ओलीले ध्वस्त गरेको संविधानको रक्षाका लागि लडिरहेका छौँ,’ उनले भने, ‘हामी संविधान र लोकतन्त्रलाई बचाउँछौँ ।’

अहिलेको आन्दोलनको आवाज सुनिएन भने जनआन्दोलनको आगो दन्किने उनले बताए । निर्वाचन आयोगलाई कुन पार्टी आधिकारिक हुने भनेर सकस परेको उल्लेख गर्दै उनले भने, ‘आधिकारिक पार्टी हेर्न प्रदर्शनीमार्गमा आउनूस् । योभन्दा अर्को आधिकारिक नेकपा अर्को हुन सक्दैन ।’