logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अबको तीन दिनसम्म मौसम बद्ली हुने, पानी भने नपर्ने


अंकुरण खबर
793
Shares

अबको तीन दिनसम्म देशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताएकी हुन् ।

अस्ति बेलुकादेखि देशको पश्चिमी भू-भाग हुँदै वायु प्रवेश गरेको मौसमी प्रणालीले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिजो सामान्य पानी र हिउँ परे पनि अब वर्षाको सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताईन्।

देशका धेरै ठाउँको मौसम बद्ली हुने हुँदा तत्काल तापक्रम नबढ्ने पनि उनको भनाइ छ । आज दिउँसोपछि काठमाडौंसहित देशका धेरै ठाउँहरुमा दिनभरिजसो नै बादल लाग्ने सम्भावना छ ।

पानी नपरे पनि बादल लाग्दा चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसम मौसमविद्को आग्रह छ ।

अबकाे तीन दिनकाे माैसमबारे थाहा पाउन यहाँ क्लिक गर्नुहाेस्