logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो


अंकुरण खबर
741
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज छापावाला सुनको तोलामा मूल्य चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलाको ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।