logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

अन्ततः शिल्पा पोखरेल र छविराज ओझाविरुद्ध पक्राउ पूर्जी


अंकुरण खबर
2.34K
Shares

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । बहुविवाहको उजुरी परेपछि दुवैजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो ।

छविकी पहिलो पत्नी हेमा ओझाले बहुविवाहको उजुरी गरेपछि यही कसूरमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताए । सुवेदीले भने, ‘वहुविवाहको कसुरमा उहाँहरु दुवैविरुद्ध प्रकाउ पुर्जी जारी गरिएको छ ।

केही दिन अगाडी निर्माता छविकी जेठी श्रीमती हेमाले गौशला प्रहरी वृतमा पुगेर शिल्वाविरुद्ध पनि बहुविवाहको उजुरी दिएकी थिइन् । शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध केही साताअघि काठमाडौं प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । त्यसको केही दिनपछि काठमाडौं जिल्ला अदालतमा डिभोर्सका लागि फाइल गरेको सूचना बाहिरिएपछि हेमा प्रहरीकहाँ पुगेकी थिइन् ।