नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकको गिरावट आएको छ ।
नेप्सेका अनुसार आज १६.११ अंकले नेप्से घटेर दुई हजार पाँच सय २६ दशमलब ९२ विन्दुमा पुगेको छ भने नेप्सेमा ८ अर्ब ४१ करोड १७ लाखको कारोबार भएको छ ।
यस्तै, आज कारोबार भएका १२ समूह मध्ये ९ समूह घटेका छन् भने अन्य ३ समूह बढेका छन् । आज कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने अन्य सबैको घटेको छ । बैंकिङ्ग, विकास बैंक तथा म्युचुअल फण्ड सकारात्मक रहँदा बाँकी सबै समुह नकारात्मक रहे । लघुवित्त र होटल समुहको शेयर धेरै घटेका छन् ।
आजको कारोबारमा डिप्रोक्स लघुवित्तको सबैभन्दा धेरै ५६ करोड बढीको शेयर किनबेच भयो । दोस्रोमा नबिल बैंकको ३८ करोड बढीको शेयर किनबेच भएको छ ।
आज चन्द्रागिरी हिल्स, लुम्बिनी विकास, ज्योति विकास, अरुण काबेली लगायतको शेयर मूल्य उच्चदरले बढेको छ । सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तको सबैभन्दा धेरै मूल्य घटेको छ । यी दुवै कम्पनीको शेयर मूल्य सर्किट लेभलमा घटेको छ।