पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ५२ पुगेको छ । हाल ८७ जना क्वारेन्टाइनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार २३ जनाको पिसिआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७ हजार ६ सय ४९ पुगेको छ ।