logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रामकुमारीको पक्राउ गैरकानूनी भएको भन्दै रिट दर्ता


अंकुरण खबर
1.989K
Shares

नेकपा दाहल-नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत  प्रहरीले  प्रक्राउ गर्नु गैर कानुनी भएको दबी गर्दै सर्वोच्च अदालतमा रिट निबेदन दर्ता भएको छ ।

अभिवक्ता गुणराज आचार्यले झाँक्रीको रिहाइका लागि वन्दिप्रत्यक्षिकरण रिट दर्ता गरेका हुन ।

राष्ट्रपति बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै झाँक्रीलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ । आरोप प्रमाणित भएमा झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख  गरिएको छ ।

भण्डारीविरुद्ध अभिव्यक्ति दिएको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो।