नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्यमा गिरावट आएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर शुक्रबार १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको छ ।