logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारविरुद्ध आज काठमाडौँमा हुने मार्चपासमा सहभागी हुन आग्रह


अंकुरण खबर
767
Shares

बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंमा बलात्कार विरुद्ध मार्चमास गर्ने भएको छ ।

लगातार बलात्कारका घटना भइरहेको विरोधमा ‘सिंहदरबार महिला मार्च पास’ गरिने भएको हो ।

एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौँ अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने भन्द बृहत नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन आग्रह गरेको छ ।

हामी सडकबाट चुनौती दिन्छौँ एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौँ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौ’ जारी अपिलमा उल्लेख छ।

शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ।

पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढिरहेका छन्। बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बितिसक्दा पनि उनका हत्यारा पक्राउ परेका छैनन्। आफन्तले शव बुझेका छैनन्।