logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने


अंकुरण खबर
1.755K
Shares

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि आफ्नो शरीर दान दिने भएका छन् ।

मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीले बताए । किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह गरिरहेको छ ।

औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भएपनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ ? भन्ने जानकारी मिलोस् भनेर पनि दान गर्न लागिएको उनले स्पष्ट पारे ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने उनीहरूले बताएका छन् ।

यसबारे औपचारिक घोषणाका लागि शुक्रबार अपराह्न साढे एक बजे ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम राखिएको छ ।