logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रधानमन्त्रीलाई वकिलको प्रश्न, अवशिष्ट अधिकार भनेको मनलाग्दी गर्ने हो ?


अंकुरण खबर
1.911K
Shares

संसद विघटनसम्बन्धी मुद्दामा जवाफी बहसमा आइतबार निवेदकसमेत रहेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीले श्री ३ र श्री ५ को जति अधिकार पाएको भनी कहाँ लेखिएको भन्दै प्रश्न गरेका छन् ।

न्यौपानेले पछिल्ला प्रधानमन्त्रीका कदम हेर्दा राजा महाराजाको भन्दा बढी अधिकार दिएको भनी संविधानमा कहाँ लेखिएको छ भनी प्रश्न उठाएका छन् ।
नेपालको संविधानको धारा ७६ मा प्रधानमन्त्री चयनको संसदीय प्रक्रिया पूरा गरेर मात्र संसद विघटनमा जान सक्ने उल्लेख गरेको भन्दै न्यौपानेले अदालतले पनि संविधानमा नभएको कुरा ब्याया गर्न नसक्ने बताए ।

बहसका क्रममा प्रधानमन्त्रीका कानुन व्यवसायीले प्रधानमन्त्रीले अवशिष्ट अधिकार प्रयोग गरेको भनी गरेको बहसप्रति टिप्पणी गर्दै अवशिष्ट अधिकारको प्रधामन्त्रीले खिल्लाप गरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले जस्तो जस्तो गर्‍यो त्यस्तै मान्दै जाने वा इजलास नै नरहे पनि हुने भयो’ ।