logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १०४ जना कोरोना संक्रमित, १३१ जना डिस्चार्ज


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ३ हजार ५ सय १ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १७ हजार ५० पुगेको छ।

गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ७९ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा १ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ।