प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वर्तमान सरकारका तीन वर्षका ‘उपलब्धि’ सार्वजनिक गर्ने भएका छन् ।
आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट सरकारको उपलब्धि सार्वजनिक गरिने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए ।
सरकारले तीन वर्ष पुरा गरेको अवसरमा प्रधानमन्त्री ओली आफ्नो सरकारका उपलब्धी पुनःनिर्मित सिंहदरबार परिसरमा एक विशेष कार्यक्रमका साथ सार्वजनिक गर्दैछन् ।
प्रतिनिधिसभा विघटन गरेपछि आलोचना खेप्दै आएका प्रधानमन्त्रीले सम्बोधनमा सरकारको बचाउ गर्ने सम्भावना छ । प्रधानमन्त्री ओलीले आफ्नो तीन वर्षे कार्यकालको समीक्षा गर्ने उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एक वर्षपछि सर्न तथा सरकारका नीति कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।