नेपाली बजारमा सुनको मूल्य सोमबार सामान्य गिरावट आएको छ।
आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९० हजार दुई सय रुपैयाँले कारोबार भइरहेको छ।
तर आज चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।